सुन प्रति तोला ६३ हजार ३ सय

२०७५ फाल्गुन ८ गते, बुधबार

काठमाडौँ, ८ फागुन । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज छापावाल सुनको मूल्य प्रति तोला ६३ हजार ३ सय पुगेको जनाएको छ ।
आइतबार तोलामा ४ सयले बढेको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाले बढेर १ तोलाको ६२ हजार ७ सय रुपैयामा कारोबार भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो । बुधबार तेजाबी सुनको मूल्य तोलामा ६३ हजार रुपैया पुगेको छ । यस्तै बुधबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आइतबार प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार र मंगलबार भने प्रतितोला ७८० रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार चाँदीको मूल्य ५ रुपैयाले बढेर तोलामा ७८५ रुपैया पुगेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु