मापदण्डविपरित खोटो संकलन , वन सखाप

२०७५ फाल्गुन १० गते, शुक्रबार

काठमाडौं, १० फागुन । डडेल्धुराको सल्लेरी वनमा विगत १२ वर्षदेखि एकलौटी रुपमा खोटो संकलन गरिरहेको दिब्या रोजिनले खोटो संकलनसम्बन्धी निर्देशिका र मापदण्डविपरित वनबाट खोटो संकलन गर्दै आएपछि सल्लेरी वन सखाप हुँदै गएको छ । कम्तिमा ३६ ईन्च गोलाई रहेको सल्लाको रुखबाट मात्र खोटो संकलन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कम गोलाई भएका साना रुखबाटसमेत अदक्ष कामदारबाट खोटो संकलन गर्नुका साथै रिल पिक लगाउने र उपयुक्त स्थानमा घाटगद्दी गर्ने काम पनि उचित तरिकाले नगरेको स्थानीय उपभोक्ताहरु बताउँछन् । खोटो संकलन गर्ने कम्पनीले पछिल्लो समयमा न त स्थानीय तहसँग समन्वय गरेका छन् न राजस्व नै तिरेका छन् । तर जिल्लाको वन सम्पदा दिनप्रतिदिन सखाप हुँदै गइरहेको उपभोक्ताको आरोप रहेको छ । डडेल्धुरा, डोटी, कैलाली र बैतडीका गरी ३० वटा प्लटबाट वार्षिक हजारौं मेट्रिक टन खोटो संकलन भई भारतीय बजारमा निर्यात हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु