सम्झौता विपरीत बालुवा उत्खनन्

२०७५ फाल्गुन ११ गते, शनिबार

काठमाडौं, ११ फागुन । दुवाकोट कन्स्ट्रक्सन एवं शालीनदी निर्माण सेवा प्रा।लि। ले तेमाल गाउँपालिकास्थित सुनकोसी र चिउरी नदीको बगरमा सम्झौता विपरीत बालुवा उत्खनन् गरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । मापदण्ड विपरीत नदीजन्य बस्तु उत्खनन् गर्दा सामुदायिक धरोहर लगायत ६२ घर धुरी जोखिममा रहेको भन्दै निर्माण कम्पनीविरुद्ध स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।
उता, दुवाकोट कन्स्ट्रक्सनका सञ्चालकले कानुनी रुपबाट काम गर्दा पनि स्थानीयले अवरोध गरेको आरोप लगाउँदै स्थानीयबिरुद्ध प्रहरीमा किटानी जाहेरी गरेका छन् । त्यस्तै तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले भने सम्झौतामा डोजर चलाउने सहमति नभएको जानकारी दिए । तर निर्माण कम्पनीले भने स्काभेटर प्रयोग गरेको स्थानीयले बताएका छन् । मापदण्डमा ९२ सेन्टिमिटरमा उत्खनन् गर्नुपर्ने भए पनि कन्ट्रसक्नले १० मिटर उत्खनन् गरेको त्यसैगरी बिहान ६ बजेदेखि साँझको ६ बजेसम्म काम गर्ने भनिए पनि बिहान ३ बजेदेखि रातको १२ बजेसम्म स्काभेटर प्रयोग गरेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु