रोजगारिका लागि पुन: कोरियामा जान चाहनेका लागि आवेदन खुल्यो

२०७५ फाल्गुन १७ गते, शुक्रबार

काठमाडौं, १७ फागुन । दक्षिण कोरियामा रोजगारिका लागी भाषा परिक्षा आवेदन खुला गरिएको छ । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष बैधानिक रुपमा काम गरेर फर्किएर फेरि कोरिया जान चाहने युवाका लागि आजदेखि आवेदन खुल्ने भएको हाे । बैदेशिक रोजगार विभाग अन्र्तगतको रोजगार अनुमती प्रणाली इपीएस शाखा मार्फत आज, भोली र पर्सी गरी तिन दिनमा आवेदन दिन सकिने छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आवेदन खुल्ने भएको हो। रोजगार अनुमती प्रणाली इपीएस शाखा का अनुसार चैत ११ गते परिक्षा तालिका सार्वजनिक हुने छ । सीबीटीमा आधारित परिक्षामा सहभागी हुनका लागि कोरियामा बैधानिक भएर काम गरेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरु कम्प्युटर परिक्षाका लागि योग्य र कोरियाबाट फर्कन एलाइन्स रजिस्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने शाखाले जनाएको छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु