राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु

२०७५ फाल्गुन १८ गते, शनिबार

काठमाडौं, १८ फागुन । राष्ट्रिय औद्योगिक व्यापार मेला हेटौंडामा आजबाट शुरु हुँदै छ । प्रदेश ३ का मुख्यमन्त्री डाेरमणि पाैडेलबाट आज दिउँसो १ बजे मेलाकाे उद्घाटन हुन लागेकाे हाे । विकासको पूर्वाधार उद्योग र व्यापार भन्ने मूल नाराकासाथ जिल्लामा रोजगारी, कृषि, सूचना प्रविधि, पर्यटन, व्यापार तथा जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले उद्योग वाणिज्य संघ मकवानपुले सो मेलाको आयोजना गर्न लागेको हो । उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघले बृहत औद्योगिक व्यापार मेला आयोजना गर्न लागेको आयोजकको भनाई रहेको छ । यसअघि फागुन १६ देखि सुरु हुने जनाइएकाेमा त्यसदिन ताप्लेजु हेलिकाेप्टर दुर्घटनाका कारण सरकारले राष्ट्रिय शाेक घाेषणा गरेपछि स्थगित भएकाे थियाे । हेटौंडा–५ स्थित क्याम्पाचौरमा आयोजना हुन लागेकाे सो मेलामा करिब ५० करोड बराबरको कारोबार हुने आयोजकको अनुमान रहेको छ ।
उद्योगको उत्पादनहरुलाई सहज ढंगले उपभोक्ता समक्ष पुर्याउन संघले मेला आयोजना गर्न लागिएको हाे । मेलामा विभिन्न क्षेत्रहरु कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुलगायत प्रदेश स्तरीय प्रदेश परिसर राखिने र सो सबै स्टल गरी करिव ४०० वटा स्टलहरु रहने संघले जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु