‘ग्यास अभाव हुँदैन, हल्लाको पछि नलाग्नुस्’

२०७५ फाल्गुन २१ गते, मंगलवार

काठमाडौ, २१ फागुन । कमिसन वृद्धिलगायत १० बुँदे माग राखेर ग्यास उद्योगीले आन्दोलन सुरु गरेपछि बजारमा एका एक खाना पकाउने ग्यास अभावको हल्ला चल्यो । उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थाले । ग्यास डिपोहरुमा लामै लाईन पनि लाग्यो । सोहि कारण नेपाल आयल निगम र ग्यास उद्योगीले सामान्य अवस्थामा जस्तै अहिले पनि दैनिक एक लाख सिलिन्डर ग्यास बजारमा पठाइरहेकाले अभाव नहुने स्पष्ट पारेका छन् । ती नीकायले उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने दाबी गर्दै हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरे ।
शुक्रबारदेखि पिडिओ नउठाए पनि पुरानो पिडिओको आधारमा सोमबार पनि ग्यास बुलेटले इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी, मथुरा, हल्दियालगायत रिफाइनरीबाट ग्यास लोड गरेको निगमले जनाएको छ।
नियमित रुपमा भारतबाट ग्यास आयात भइरहेकाले बजारमा अभाव नहुने र ग्यास उद्योगीका समस्या समाधान गर्न समिति बनिसकेकाले नआत्तिन आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले आग्ह गरे । निगमले ग्यास उद्योगीका मागबारे अध्ययन गर्न निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहको संयोजकत्वमा एक समिति गठन भएको छ। समितिलाई प्रतिवेदन पेस गर्न २१ दिनको समय दिइएको छ।
उता नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले पनि आन्दोलन सुरु भए पनि नियमित रुपमा ग्यास बजारमा पठाइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
फेब्रुअरीमा मात्र ३५ हजार सात सय टन ग्यास भारतबाट आयात भएको थियो। संघका अनुसार ३५ हजार टन ग्यासको करिब २४ लाख ६४ हजार सात सय ८८ सिलिन्डर हुन्छ। उक्त ग्यास बजारमा जाने भएकाले तत्काल अभाव नहुने संघले जनाएको छ।
आन्दोलनका कार्यक्रम अनुसार पनि अझै १० दिन दैनिक एक लाख सिलिन्डर ग्यास बजारमा जाने बताउदै भण्डारीले फागुन ३० बाट मात्र बजारमा ग्यास पठाउन रोक्ने जानकारी दिए तर त्यसअघि नै आफुहरुको माघ पुरा हुनेमा आशावादी हेको उनले बताए ।
आइओसीबाट मासिक ३० देखि ४० हजार टन ग्यास आयात हुन्छ। भारतबाट दैनिक करिब ८० देखि ८५ वटा बुलेटले यहाँका ५६ ग्यास बोटलिङ उद्योगको लागि ग्यास ढुवानी गर्दै आएका छन्। शुक्रबारबाट पिडिओ नलिए पनि बुधबारसम्म यसअघि लिएको पिडिओको आधारमा भारतबाट ग्यास लोडिङ गर्ने उद्योगीले जनाएका छन्।
उपभोक्ताको भान्सामा प्रयोग हुने अत्यावश्यक वस्तु ग्यासमा आन्दोलन गरेको भन्दै ग्यास उद्योगीको आलोचना भएको छ। उद्योगीले भने आन्दोलनबाट दबाब दिएर कमिसन बढाउन खोजेका हुन्।
६ वर्षयता कमिसन नबढेकाले उद्योग चलाउन भएकाले आन्दोलन गर्नुपरेको उद्योगीले बताउँदै आएका छन्। खाना पकाउने ग्यासको खपत वार्षिक १७ प्रतिशतका दरले बढिरहेकाले यसको प्रयोगमा अपनाउनुपर्ने सुरक्षाबारे चनचेतना कार्यक्रम सञ्चालन गर्न, सिलिन्डर तथा ग्यास दुर्घटना हुँदा सिर्जित समस्याबाट उद्योगीहरुले करोडौं बिमा गर्दा पनि असहज परिस्थिति उत्पन्न हुने गरेकोल बिमासम्बन्धी नीति तत्काल कानुनमै व्यवस्था गर्न उद्योगीको माघ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु