सुन चाँदीको मूल्य घट्यो
काठमाडौं, २२ फागुन । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुन चाँदीको मूल्यमा गिरावट आएको बताएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीमा १० रुपैयाँ घटेको छ । छापावाला सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।