इँटाभट्टाका कारण विमानस्थल असुरक्षित

२०७५ फाल्गुन २५ गते, शनिबार

काठमाडौं, २५ फागुन । नागरिक उड्डयन कार्यालय राजविराजका प्रमुख भीमदत्त पन्तले इँटा भट्टाका कारण सप्तरीको राजविराज विमानस्थल असुरक्षित बनेको बताएका छन । सिलान्यास भएको झन्डै ६ दशकपछि गतअसार १ गतेबाट सञ्चालनमा आएको राजविराज विमानस्थललाई सुरक्षित वनाउने विषयमा हालसम्म पनि पहल हुन सकेको छैन ।
विमानस्थलको ७ सय मिटरको दुरीमा रहेका ४ वटा चिम्नीका कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या देखिएको पन्तको भनाइ छ । हिमाल, किशान, माँ दुर्गा र माँ काली ईट्टा भट्टाको ९० फिटसम्मका चिम्निकै कारण विमान उडान र अवतरणमा प्रत्यक्ष प्रभाव परिरहेको र जोखिम मोलेर सेवा सञ्चालन भइरहेको पन्तले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, इटहरी विष्णुपुर गाउँपालिका, नेपाल नागरिक उड्ययन प्राधिकरण र संघीय सरकार समेतलाई पटक–पटक जानकारी गराइए पनि चिम्नि हटाउने वा घटाउने विषयमा कसैले पनि वास्ता नगरेको विमानस्थलको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु