भरतपुर महानगरमा सिलिण्डर बम विष्फोट
काठमाडौं, २९ फागुन । चितवनको भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयम गएराति शक्तिशाली सिलिण्डर बम विष्फोट भएको छ । वडाको शान्तिचोकस्थित कार्यालयमा राति १२ बजेतिर पछाडिको ढोका फोडेर भित्र छिरेर प्यासेजमा सिलिण्डर बम विष्फोट गराइएको पाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।
विष्फोटबाट कार्यालयमा क्षति पुगेको छ भने मानवीय क्षति हुन नभएको उनले बताए । विष्फोटको आवाज आएलगत्तै कार्यालयबाट प्रहरीको एक टोली पुगेर आगो निभएको थियो । उनका अनुसार विष्फोटन कागज भेला पारेर त्यसमाथि टायर राखी आगो सल्काई त्यसमाथि सिलिण्डर राखेर गराइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । तर प्रहरीले विप्लव नेतृत्वको ने.क.पा.मााथि शंका गरेको छ । ‘विष्फोटको जिम्मा नलिएसम्म यसैले हो भन्न सक्ने अवस्था छैन’ डीएसपी रेग्मीले भने । विष्फोट गराउन संलग्न रहेको आशंका बुधबार बिहानदेखि यता भरतपुर लगायत क्षेत्रबाट ७ जनालाई पक्राउ गरेको पनि उनले स्वीकारे । पक्राउ पर्ने सबै पुरुष छन् भने अनुसन्धानका क्रममा रहेकाले उनीहरुको नाम, ठेगाना बताउन नमिल्ने पनि उनले बताए । भरतपुर महानगर पालिकाका मेयर तत्कालीन माओवादी केन्द्रबाट विजयी रेणु दाहाल हुन् । उनी पूर्वप्रधानमन्त्री प्रचण्डकी पुत्री हुन् ।