‘पुनः ‘लोडसेडिङ’ गराउने खेल सुरु भयो’
काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ ) कुलमान घिसिङले आफुमाथि ६० लाख घुस खाएको आरोप लगाउनेहरुलाई त्यस्को पुष्टि गरेर देखाउन चुनौती दिएका छन । उनले प्राधिकरणको उज्यालो नेपाल अभियानमा केही व्यक्तिहरु अवरोध सिर्जना गर्न उद्दत रहेको आरोप समेत लगाए । उनले नियोजितरुपमा मुलुकलाई ‘लोडसेडिङ’को युगमा फर्काउने खेल सुरु भएको भन्दै आफुमाथिको आरोप त्यही खेल खेल्नेहरुको दिमागको उपज भएको बताए । नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलन सीइओ घिसिङले विगतमा प्राधिकरणलाई डुबाएकाहरुको अहिले पनि मुलुकलाई अध्याँरोमा राख्दा नै आफ्नो स्वार्थ पूरा हुने कुत्सित मनशाय प्रष्ट देखिएको भन्दै ‘लोडसेडिङ’ पुनः गराउन उनीहरुले केही सञ्चार माध्यम र व्यक्तिहरुलाई प्रयोग गरिरहेको जिकिर गरे ।