पेट्रोल – डिजेलको मूल्य वृद्धि
काठमाडौं , २२ साउन । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । मंगलबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा मूल्य बढाएको छ । बढेको मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ९ र डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । हवाई ईन्धनको खुद्रा बिक्री मूल्य भने यथावत छ ।
निगमले ग्यासको मूल्य भने प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको छ। घटेको मूल्य अनुसार अब ग्याँसको सिलिन्डरको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।