सुबिसुको कार्यालयमा आगलागी, करोडौंको क्षति भएको अनुमान
काठमाडौं , २२ साउन । सुबिसु केबल नेटको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा भीषण आगलागी भएको छ । विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । अपराह्न पौने १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जुद्ध बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिइएको छ । आगलागीबाट करोडौं रुपैंया बराबरको क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन । पानी दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको थियो ।