शिवश्री हाइड्रोपावरको आईपीओ निष्काशन

२०७६ आश्विन १६ गते, बिहीबार

काठमाडौं, १६ असोज । शिवश्री हाइड्रोपावर कम्पनीको आईपीओ निष्काशन भएको छ । आवेदकहरुले आईपीओमा छिटामा असोज २४ गते र ढिलोमा कात्तिक १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यस आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखाउँछ । कम्पनीको आइपिओमा सि–आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । कम्पनीले सर्वसाधारणको लागि जारी गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ७५.८४ अंकले बढ्यो

२०८२ श्रावण २ गते, बिहीबार

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार