पेट्रोलियम पदार्थको मूल्यवृद्धि

२०७६ पुष २ गते, बुधबार

काठाडौं, २ पुष । नेपाल आयल निगमले मंगलबार राति देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति देखि लागु हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य समायोजन गरेको जानकारी दिए । उनले पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको बताए निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ७५.८४ अंकले बढ्यो

२०८२ श्रावण २ गते, बिहीबार

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार