सुन आयात ह्वात्तै घट्यो
काठमाडाैँ, १० माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ उच्च भएपछि कारोबार ठप्पप्राय भएको जनाएको छ । ‘सुनको भाउ उच्च भएपछि अत्यावश्यक अवस्थामा मात्र नेपालीले सुन किन्न थालेका छन्’, महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘विवाहलगायतका शुभकार्यका लागि गर्जो टार्ने हिसावले मात्र सुनको कारोबार भइरहेको छ।’
नेपाली बजारमा सुनको आयात नियन्त्रण गर्न राष्ट्र बैंकले कोटा निर्धारण गरेको छ। जसअनुसार बाणिज्य बैंकहरुले दैनिक अधिकतम २० केजीसम्म सुन आयात गरी व्यवसायीलाई बिक्री गर्न पाउछन्।
आयात गरेकै सुन बिक्री नभएकाले कारण अहिले बैंकहरुले नयाँ आयात गरेका छैनन्। नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला ७५ हजार भन्दा माथी रहेको छ। अघिल्लो वर्ष यही अवधिमा सुनको भाउ प्रतितोला ६१ हजार रुपैयाँ हाराहारीमा रहेको थियो ।