दश लाख अवैध रकमसहित भारतीय नागरिक पक्राउ

२०७६ फाल्गुन १७ गते, शनिबार

काठमाडौं , १७ फागुन । । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटको टोलीले १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ गरेको छ । टोलीले भारतको सितामढी जिल्लाकाे बैरगनीया– १४ बस्ने २१ वर्षीय सन्नी कुमार पटेल र २६ वर्षीय सुरज जैसवाललाई १० लाख नगदसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर रौतहटका गणपति सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजीतको कमाण्डको टोलीले उनीहरुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा शरीरमा लुकाइछिपाई राखेको अवस्थामा सो रकम फेला पारेको हो ।
भारतबाट नेपाल आउने क्रममा उनीहरुको व्यवहारमा शंका लागेर खानतलासी गर्दा सो परिणामको रकम फेला पारेको कर्णजीतले जानकारी दिए । उनीहरुले सो रकम कहाँबाट र कुन प्रयोजनका लागि लिएका हुन् भनेर नखुलाएको र थप अनुसन्धानका लागि दुबैजनालाई नगदसहित जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको उनले बताए ।
उनीहरुको साथबाट ३ थान मोबाइल पनि बरामद भएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइका साथ गस्ती गरिरहेकाले यो सफलता हासिल गरेकाे उनकाे भनाइ छ ।
यसअघि गत सोमबार पनि रौतहटमा सशस्त्र प्रहरीले १९ लाख नगदसहित दुईजनालाई पक्राउ गर्न सफल भएको थियो । सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाको टोलीले एक भारतीयसहित दुईजनालाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार

निक्षेपको ब्याजदर घट्यो

२०८२ श्रावण १ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ श्रावण १ गते, बुधबार