सुनको भाउ हालसम्मकै उच्च !
काठमाडौं, २२ फागुन । आज सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८० हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ८० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च उच्च मूल्य हो ।
यसअघि फागुन २१ गते बुधबार सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८० हजार ५०० रुपैयाँ नयाँ रेकर्ड गरेको थियो । बिहीबार चाँदीका भाउ स्थिर रहेको रहेको विहीबार ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको थियो ।