सुन तोलाको ८२ हजार ५ सय !
काठमाडौं, २३ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १८ सय रुपैयाले बढेर तोलाको ८२ हजार ५ सय रुपैया पुगेको जनाएको छ । बिहीबार पनि सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ८२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मुल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेर प्रतितोला ८ सय ९० रुपैया पुगेको छ।