एशियाको विकास रोकिने चेतावनी

२०७७ बैशाख ४ गते, बिहीबार

काठमाडाैं, ४ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले कोरोना भाइरसको महामारीका कारण एशियाको विकास नै रोकिने चेतावनी दिएको छ । अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण ६० वर्षमा पहिलो पटक यो वर्ष एशियाई देशको विकासमा अवरोध आउने जनाएको हो । पूरै एशियाभर यस वर्ष विकास गतिविधि ठप्प हुने भन्दै आइएमएफले कोरोनाको कारण विश्वको औषत आर्थिक वृद्धिदर नै ४ दशमल ७ प्रतिशतभन्दा कममा खुम्चने प्रक्षेपण गरेको छ । एशियाको आर्थिक वृद्धिदर त १ दशमलव ३ प्रतिशतभन्दा कम हुने चेतावनी उसको छ ।
यसअघि विश्व बैंकले कोरोना भाइरसको महामारीले गर्दा यो वर्ष दक्षिण एशियाई देशको अर्थतन्त्र ४० वर्ष यताकै खराब हुने उल्लेख गरेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]