लकडाउनमा वन्युजन्तु तस्करी !

२०७७ बैशाख ५ गते, शुक्रबार

काठमाडाैं, ५ वैशाख । डिभिजन वन कार्यालय बाराको बन गस्ती टोलीले वन्यजन्तुको शिकार तथा तस्करीका लागि जंगल पसेका आठ जना तस्करलाई नियन्त्रणमा लिएको छ । डिभिजन वन प्रमुख मञ्जुर अहमदले मधुवन स्थित वन क्षेत्रबाट वन्यजन्तु शिकारका लागि प्रयोग हुने तीन वटा भाला, दुईवटा जाल, एउटा बन्चरो र लाईटसहित आठजना पक्राउ परेको जानकारी दिए ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरका का ३० वर्षिय भजेन्द्र साह, ३२ वर्षिय यादव घिमिरे, २२ वर्षिय दिपक भण्डारी, ३२ वर्षका प्रमेश माझी, २९ वर्षिय वमभोली सहनी, ३८ वर्षिय नारायण चौधरी, २३ वर्षका शिवनारायण माझी र २५ वर्षका रमेश माझी रहेका छन् ।
गस्ती टोलीलाई देख्नासाथ अन्य एक जना फरार भएको र उनको खोजी कार्य जारी रहेको कार्यालय प्रमुख अहमदले बताए । पक्राउ परेका सबैलाई वन ऐन अन्तर्गत वन्यजन्तु शिकार उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रकृया थालिएको उनले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]