वर्षासँगै आएको हावाहुरीले क्वारेन्टाइनमा क्षति

२०७७ बैशाख ९ गते, मंगलवार

काठमाडौं , ९ बैशाख । नेपाली सेनाको पूर्वी पृतनाअन्तर्गत टाँडीस्थित सूर्यदल गणको सुरक्षा गुल्म परिसरमा निर्माण गरेको क्वारेन्टाइनमा वर्षासँगै आएको हावाहुरीले क्षती पुर्याएको छ । मोरङको मिक्लाजुङस्थित गुल्मपरिसरमा त्रिपाल हालेर ४० वटा क्वारेन्टाइन निर्माण गरिएको थियो । लगातार दुईदिनदेखि परेको पानीले क्वारेन्टाईनमा क्षतीपुगेपछि समस्या भएकोछ ।
गुल्मपति मेजर प्रवेश दाहालका अनुसार त्रिपालमा क्षति पुगेको छ तर क्वारेन्टाइनमा बसेकाहरू भने सुरक्षीत छन् ।
प्रदेश १ सरकारले प्रदेशमै पहिलोपटक त्रिपालको प्रयोग गरेर क्वारेन्टाइन निर्माण गरेको थियो । दुई सय बेड क्षमताको क्वारेन्टाइनमा अहिले १२ जनालाई राखिएको छ । हावाहुरीले क्षति पुगेको क्वारेन्टाइनको चाँडै मर्मत गरिने सूर्यदल गणको सुरक्षा गुल्मले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]