सुकुम्बासी, श्रमिक मजदुरलाई तत्काल राहत उपलव्ध गराउन माग

२०७७ बैशाख १३ गते, शनिबार

काठमाडौँ , १३ बैशाख । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले कोरोना महामारीका कारण गरिएको लकडाउनमा सबै भन्दा बढी सुकुम्बासी, श्रमिक मजदुरले आवस्यक राहत पाउन नसकेको भन्दै तत्काल उपलव्ध गराउन माग गरेको छ । संघका अध्यक्ष ओम पुनले आज एक विज्ञप्ति जारी गर्दै सरकारले ८० करोड राहत वितरण गरेको बताए पनि वास्तविक पीडितहरुले आवस्यक राहत पाउन नसकेको भन्दै अविलम्ब दिन माग गरेका छन् । साथै राहत पाएकाहरुले समेत गुणस्तरहीन सामाग्री पाएको भन्दै पुनले चितवनको बाँदर झुल्ला सुकुम्बासी बस्ती, कैलाली , कञ्चनपुर , बाँके, बर्दिया , दाङ, सर्लाही , झापा, सुनसरी , रुपन्देही ,कास्की , काठमाडौं लगाएतका जिल्लाहरूमा सुकुम्बासीले राहत नपाएको तर हुनेखाने , पार्टीमा पहुँच भएका र संसदवादी नेताका आसेपासेले पाएको तथ्यहरु सार्वजनिक भएको बताए ।
साथै महामारी विरुद्ध एकतावद्ध भएर जानु पर्ने समयमा मन्त्रीहरु भ्रष्टाचारमा लिप्त हुनु, सांसद अपहरण जस्तो गंभीर कृयाकलापमा लाग्नु,अध्यादेश जारी गर्नु जस्ता क्रियाकलाप गरेको भन्दै पुनले आपत्ति जनाए ।
राहत वितरण खास लक्षित बर्गमा गरियोस, राहत वितरणमा नातावाद , कृपावाद र भोटको राजनीति नगरियोस् , सरकार इतरका पार्टी र संघ संगठनले वितरण गर्ने राहतको कार्यक्रम नरोक्कियोस, चुनावको बेला सुकुम्बासीलाई जग्गा दिन्छौं भनेर भोट माग्ने तर अहिले संकटको बेला भोकै मार्ने काम नगरियोस् , लकडाउनलाई समय र ठाउँ सापेक्ष व्यवस्थित गरियोस् पुनद्धारा जरी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]