सालकको खपेटासहित तीनजना पक्राउ

२०७७ जेष्ठ २३ गते, शुक्रबार

काठमाडाैँ, २३ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत् इलाका प्रहरी कार्यालय मनहरीले सालकको खपेटासहित तीनजना पक्राउ गरेको च्ह परेका छन् । प्रहरीले मनहरी गाउँपालिका–७ मा दुर्लभ वन्यजन्तु सालकको ६५० ग्राम खपेटासहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिंह बोम्जन, मनहरी गाउँपालिका–७ बस्ने ३९ वर्षीय अबमीकल र राप्ती नगरपालिका–७ का ५५ वर्षीय बधुवा चौधरी रहेका छन् । उनीहरुलाई डिभिजन वन कार्यालय मनहरीमा कारबाहीका लागि लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]