३ लाख घुससहित वडाध्यक्ष पक्राउ !

२०७७ जेष्ठ २४ गते, शनिबार

काठमाडौं , २४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई रुपन्देहीबाट नगदसहित रंगेहात नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले आज बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रु तीन लाख बुझ्दै गरेका अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । अभियुक्त पुनलाई आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेका अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुसालले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]