घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

२०७७ श्रावण ६ गते, मंगलवार


काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकाको स्कार्पियो गाडीमा गएराती आगजनी भएको छ । घरको कम्पाउडभित्र पार्किङ गरी राखिएको से १ झ २४१ नं को गाडीमा आगजनी भएको छ । हो । इलाका प्रहरी कार्यालय सुखडले पनि आगो लगाउनेको परिचय खुलिनसकेको जनाएको छ । उक्त गाडी नगरपालिकाकी उपप्रमुखले प्रयोग गर्दै आएकी थिइन् । आगो लगाइँदा गाडीको पछाडिपट्टिको भाग पूरै जलेको छ । सँगै राखिएको नगरप्रमुख चढ्ने गाडीमा पनि क्षति पुगेको बताइएको छ । आगो कसले लगाएको हो भन्ने बिहानसम्म खुलेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]