सुन प्रतितोला ९४ हजार !

२०७७ श्रावण ७ गते, बुधबार


काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको जनाएको छ । महासंघले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको जनाएको छ । आज तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ । यस्तै अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोलामा चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]