सुन तोलाको ९८ हजार २ सय !
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको जनाएको छ । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ । अब सुनको भाउ केही दिनमै तोलामा लाख कट्ने अवस्था देखिएको महासंघका पदाधिकारी बताउँँछन् । चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ । तोलाको १२ सय ४५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।