६ ट्रेड युनियनद्वारा विरोध प्रदर्शन

२०७७ श्रावण १६ गते, शुक्रबार

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, जनता समाजवादी निकट नेपाल समाजवादी ट्रेड युनियन महासङ्घ, माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासङ्घ (पिकोट), नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन र स्वतन्त्र ट्रेड युनियन महासङ्घले संयुक्त रूपमाकोरोनका कारण ४ महिना लकडाउनको अवधिमा हजारौँ मजदुर र आमजनता समस्यामा परेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार दिउँसो माइतीघर मण्डलाबाट सुरु भएको मजदुरहरूको संयुक्त जुलुस नयाँबानेश्वर पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभाका वक्ताहरूले कोरोनाको त्रासदी र जारी लकडाउनले नेपाली मजदुरहरू ठूलो सङ्कटमा रहेको र यही अवस्थामा मजदुरको तलब सुविधा कटौती, लाखौँ मजदुर रोजगारीबाट निष्कासित, मजदुरहरूको आत्मदाह र मृत्युको स्थिति आउँदासम्म राज्य र सरोकारवाला निकायले मजदुरका समस्याको पहिचान, अध्ययन र वैज्ञानिक समाधान दिनुको सट्टा उल्टै मजदुरलाई धम्की, दमन र कारबाहीको नीति लिएको भन्दै त्यसको कडा विरोध गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]