राजस्व अनुसन्धानका अधिकृत दुई लाख घुससहित पक्राउ

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई लाख घुससहित राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना पक्राउ गरेको छ । राना व्यापारीसँग घुस लिंदै गर्दा बुटवलबाट पक्राउ परेका हुन् । व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । राना र झा दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।