विद्युत प्राधिकरण धनुषाका प्रमुख १ करोड २४ लाखको चेकसहित पक्राउ

२०७७ श्रावण २५ गते, आईतवार


काठमाडौँ, २५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५० रुपैयाँ बराबरको कार्यालयका चेकहरुसहित पक्राउ गरेको छ । उनलाई अख्तियारको टोलीले सिन्धुलीबाट नियन्त्रणमा लिएको बताएको छ । गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी ९पार्टी पेमेन्ट० दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाडौं जान लागेको सूचनाका आधारमा पक्राउ गरिएको आयोगले जनाएको छ ।
उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ९ बाट कार्यालयका चेकहरु तथा सोसँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिइएका गुप्तामाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]