सुन तोलामा ६,२०० रुपैयाँले घट्यो !
काठमाडौं। सुनको भाउ एकैदिन ६,२०० रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार छापावाला सुनको मूल्य बुधबार एकैदिनको अन्तरमा ६ हजार २०० रुपैयाँले घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको हो । आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ७० डलर पुगेको सुनको मूल्य बुधबार प्रतिऔस १ हजार ८७५ डलरमा झरेको छ । बुधबार मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ५० डलरले घटेको हो ।
रुसमा कोरोनको भ्याक्सिन तयार भएको समाचार प्रकाशित भएसँगै सुनको भाउ घटेको हुन सक्ने आँकलन गरिएको छ ।