सुन तोलाको १ लाख चार सय

२०७७ भाद्र २ गते, मंगलवार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुन तोलाको एक लाख चार सय रुपैयाँ पुगेको जनाएको छ । सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।
मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

२०८२ श्रावण ३१ गते, शुक्रबार

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

२०८२ श्रावण ३० गते, बिहीबार

नेप्से २.६२ अंकले बढ्यो

२०८२ श्रावण ३० गते, बिहीबार