कालिमाटी र बल्खु तरकारी बजार विहान ९ बजेसम्म खुल्ने

काठमाडौं । काठमाडौमा संचालित ठुला तरकारी तथा फलफुल पसल राति १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएका छन । नेषधाज्ञामा कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको हो । माछा मासु, फलफूल, दुग्ध डेरी र खाद्यान्न पसल दिनभरि सञ्चालन गर्न दिने बताइएपनि कालीमाटी लगायतको क्षेत्रमा संक्रमित थपिए पछि दिनभरि बजार खुलाउन जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो । निषेधाज्ञा लागू भएसंगै कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजार खुल्ने अनिश्चिततता र निषेधाज्ञाको डरले छिमेकी जिल्लाबाट तरकारी भित्रिन कम भएको बजार विकास समितिले जनाएको छ ।