ट्रेड युनियन महासङ्घद्वारा श्रमिकमाथिको ज्यादतीबिरुद्ध सङ्घर्षमा उत्रन अपिल

२०७७ भाद्र ११ गते, बिहीबार

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले वेतन बोर्डले निर्धारण गरेको तलब, सेवा, सुविधा दिनुको साटो मजदुरलाई निष्कासन गर्ने, सङ्ख्या कटौती गर्ने, ज्याला नदिने, मानसिक तनाव दिने अत्यन्तै अमानवीय कार्य दिनदिनै बढिरहेको बताउदै मानवीय सङ्कटको बेला श्रमिकमाथि हुने ज्यादतीको घोर भत्र्सना गर्दै सम्पूर्ण न्यायप्रेमी श्रमिकहरूलाई सङ्घर्षका लागि अपिल गरेको छ ।
महासङ्घका संयोजक विनोद थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् । संयोजक थापाले कोरोना भाइरस र लकडाउनका कारण श्रमजीवी मजदुरहरूको जीवन सङ्कटपूर्ण भएको भन्दै एकपछि अर्को लकडाउन, निषेधाज्ञाको मारमा परेका श्रमिकहरू उद्योग, कलकारखानाका मालिकहरूबाट पनि श्रम शोषणमा परेको ठोकुवा गर्दै वैदेशिक रोजगारमा रहेका श्रमिकहरूबाट साबिकको भन्दा चार गुणा महँगो हवाई भाडा असुल्दै स्वदेशमा फर्काउन हवाई टिकटबापत ३ अर्ब २० करोड रुपैयाँ श्रमिकबाट असुली गरेकोमा आपत्ति समेत जनाएका छन ।
गत असार १ गते सर्वोच्च अदालतले सरकारका नाममा जारी गरेको आदेशमा पनि श्रमिकहरूले न्याय पाउन नसकेको भन्दै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमातहत श्रमिकको लेबीमार्फत जम्मा भएको ६ अर्ब रुपैयाँ श्रमिकको हितमा खर्च गर्न नचाहने सरकार आमश्रमिक तथा मजदुरविरोधी पुँजीपति लुटेरा समूहको सहयोगी संस्था बन्न पुगेकोे संयोजक थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
थापाको विज्ञप्तिमा मानवीय सङ्कटको बेला श्रमिकमाथि हुने ज्यादतीको घोर भत्र्सना गर्दै सम्पूर्ण न्यायप्रेमी श्रमिकहरूलाई सङ्घर्षका लागि अपिल गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार