उद्योगपति एवं सांसद विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । उद्योगपति एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । अर्बपति नेपाली उद्योगी चौधरीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयोु, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’ चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सामाजीक सन्जाल ट्विटर मार्फतनै सुझाएका छन् ।