सुनको मूल्यमा लगातार गिरावट

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा लगातार गिरावट आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घटेको छ । महासंघले छापावाला सुनको मूल्य बिहीबार प्रतितोला ९३ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय कायम भएको थियो । आज चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले घटेर एक हजार एक सय २० तोकिएको छ ।