बिके मसला उद्योगलाई २ लाख जरिवाना !

२०७७ आश्विन ९ गते, शुक्रबार


काठमाडौँ । वाणिज्य कार्यालय विराटनगरको अनुगमन टोलीले बिके मसला उद्योगलाई २ लाख रुपैया जरिवाना गरेको छ । अनुगमन टोलीले प्रति किलो ४ सय ५० रुपैया पर्ने गरम मसला १ हजार २ सय रुपैयामा विक्री भईरहेको पाइएपछि सो जरिवाना तोकेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मुल्य लिएमा २ लाख देखि ३ लाख रुपैया सम्म जरिवाना लाग्ने कानुनी प्रावधान अनुसार पहिलो पटक भएकाले २ लाख रुपैया जरिवाना तोकिएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
संयुक्त अनुगमन टोलीमा वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उपभोक्तालाई ठगी गर्ने जथाभावी मुल्य लिने उद्योग व्यापारी सवैलाई अनुगमन गरी कारवाही गने बाणिज्य कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु