अत्यावश्यकलाई श्रम स्वीकृति

२०७७ आश्विन १९ गते, सोमबार


काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलले अत्यावश्क पर्नेलाई पुनः आजबाट श्रम स्वीकृति दिन लागिएकाे जनाइएकाे छ । वैदेशिक रोजगार विभागले प्रवेशाज्ञा (भिसा) को अवधि सकिन लागेका र तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी नै गुम्ने समस्या रहेका अति जरूरी परेका सेवाग्राहीलाई प्राथमिकतामा राख्दै अवरूद्ध सेवा सुचारी गरिएकाे हाे ।
त्यहाँ कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गएकाे बुधबारदेखि सेवा रोकिएको थियो । तथापि कार्यालय भने खुलिरहेकै थियाे । साेमबार स्वास्थ्य सावधानी अपनाएर अत्यावश्यक परेकालाइ सीमित सेवा प्रदान गर्न लागिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

व्यावसायिक सिस्नुखेती सुरु

२०८२ असार २५ गते, बुधबार

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार