बढि भाडा लिने बिरुद्ध कडा कारबाही !

काठमाडौँ । ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । ट्राफिक महाशाखाले क्षमता भन्दा बढि यात्रु राख्ने, बढि भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सिहरुको अनुगमन र कारबाहिमा तिब्रता दिएकोछ । यात्रुको चाप बढि हुने रुटमा बिशेष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढि भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेकोछ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले चाडपर्व लक्षित बिशेष योजनालाई मध्यनजर गरी सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए । उनले यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी
उपत्यकाका बसपार्क एव मूख्य भिडभाड हुने चोकहरुमा चेकजाँच गरि स्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढि भाडा लिने गरे नगरेको अनुगमनलाई तीव्रता दिई थप कडा कारबाही गर्न थालेको बताए । उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५,४५१ वटा सवारी साधनलाई सम्झाई वुझाई गरि सुधार गर्ने प्रतिबद्धता पश्चात छाडेको समेत जानकारी दिए ।
महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमता भन्दा बढि यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवं यात्रु वर्गमा अनुरोध समेत गरेकोछ ।