नेकपा कालिकोटद्वारा बाढीपीडितलाई राहत प्रदान

२०७७ कार्तिक ९ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जिल्लाको शान्नीत्रिबेणी अन्तरगत मेहेलमुडीका ३२ घरधुरीलाई १/१ प्याक मसिना चामल राहत वितरण गरेको छ । जिल्लाको मानेगडामा जिल्ला ईन्चार्ज बिराट, एरिया ईन्चार्ज किरण, युवा संगठन नेपालका कालिकोट अध्यक्ष अात्मा क्षेत्री लगायतका नेताहरुको उपस्थितीमा उक्त राहत बितरण गरिएको थियो । राहत बितरण कार्यक्रममा बोल्दै जिल्ला ईन्चार्ज बिराटले दुखी गरिबहरुको मुक्तिका लागि लड्ने एक मात्र पार्टी नेकपा भएकाले दशैको मुखैमा अाफ्नो पार्टीले वास्तविक पिडितको पहिचान गरि राहत दिएको बताए ।अहिले पनि शान्नीत्रिबेणिका बाढी पिडितहरु पाल टागेर बसेका छन् भने जनप्रतिनिधीहरु मोजमस्तीमा हिडडुल गरि रहेका छन् । बितरण पछि प्रतिक्रिया दिदै बाढी पिडित अटल विकले नेकपाले बाढेको राहतले धेरै ठूलो उद्दार गरेको र वास्तविक पिडितको तथ्याङ्क संकलन गरि राहत दिएकोमा पार्टीलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार