जुवा खालबाट पूर्वराज्यमन्त्री रायसहित ३३ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पूर्व राज्यमन्त्री खोभारी रायसहित ३३ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।
रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।
यता , ललितपुरबाट पनि गएराति १८ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद बरामद भएको प्रहरीले जनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका चाङ्गाथलीका शंकर बस्नेतको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । यता, दाङको घोराहीमा पनि पाँच जना जुवाडे साढे ३ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ परेकाहरुको ठेगाना नखुलेको प्रहरीले जानकारी गराएको छ ।