सुनको मूल्य ३४ सयले घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाले घटेको जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सयले कमी आएर ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ९८ हजार २ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेसँगै स्थानीय बजारमा पनि सुनको मूल्यमा कमी आएको हो ।यस्तै आजै चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ । हिजो १२ सय ८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज एकैदिन ७० रुपैयाँले घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औन्स १८ सय ८१ डलर हाराहारीमा कारोबार भइरहेको छ ।