नेकपाद्वारा राहत तथा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी तनहुँले भिमाद नगरपालिकामा सामाजिक दुरी कायम गर्दै ३० घरपरिवारलाई राहत तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ । पार्टी जिल्ला सेक्रेटरी आन्नदको प्रमुख अतिथ्यता र अखिल (क्रान्तिकारी) तनहुँका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य ममताको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राहत स्वरुप प्रति घर परिवारलाई चामल, दाल, नुन, तेल जस्ता खाद्यान्न बितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी र अतिथिले कोभिड-१९ को त्रास अझै पनि कायमै रहेकोले सबैलाई स्वास्थ्यलाई ख्याल गर्दै आफ्नो दैनिकीलाई सुरक्षित बनाउन आग्रह गर्नु भयो । कोरोना भाइरसलाइ समुदायमा थप फैलिन नदिन सचेत हुन अनुरोध गर्दै राज्य तथा स्थानीय सरकारलाई समस्यामा रहेको टोल समुदाय र परिवारलाई निशुल्क PCR जाँच गर्ने र संक्रमितलाई अस्पतालको आइसोलेसनमा राख्ने र पिडितहरुलाई राहत सामाग्री र स्वास्थ्य सामाग्री बितरण गर्न जोड्दार माग गरे ।
