७ जुवाडे पक्राउ !

२०७७ मंसिर २ गते, मंगलवार


काठमाडौं । अवैध जुवा खेल्ने-खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीले कामपा वडा नं. १४ कुलेश्वरबाट नगदसहित ७ जना जुवाडे पक्राउ गरेकाे छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज बाेहाेराले वर्ष ४४ का शिव श्रेष्ठकाे कुलेश्वरस्थित आफ्नै घरमा जुवा तास खेलिरहेकाे अवस्थामा जुवाकाे खालबाट नगद २ लाख ३८ हजार ८५० नगद रूपैयाँ र ७ लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेक ११ थान, तास १ बुक समेत बरामद गरिएको बताए ।
डिएसपी बाेहाेराका अनुसार पक्राउ पर्नेमा कामपा- १४ कुलेश्वर बस्ने वर्ष ४४ का शिव श्रेष्ठ, काभ्रे चौरी देउराली गाउँपालिका वडा नं. ६ घर भई कुलेश्वर बस्ने वर्ष ४४ को यादव चौलागाईं ,धादिङ्ग थाँक्रे गाउँपालिका वडा नं. ८ घर भई कलंकी बस्ने वर्ष ४१ को राजु पौडेल चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने वर्ष ३१ को राजिव श्रेष्ठ, वर्ष ४४ को केशब प्रसाद मुडवरी, फबारा जितपुर घर भई कलंकी बस्ने वर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउँपालिका वडा नं. ३ घर भई कालीमाटी बस्ने वर्ष २८ को प्रेम बडुवाल रहेका छन् । पक्राउ परेका ७ जना विरुद्ध जुवा एेन अन्तर्गत अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २६ अंकले घट्यो

२०८२ श्रावण २८ गते, मंगलवार

माबिलुङ्ग इनर्जीको आइपीओ खुला

२०८२ श्रावण २७ गते, सोमबार