जङ्गली जनावरका अङ्ग बरामद

२०७७ माघ २२ गते, बिहीबार


काठमाडौँ । गत माघ ९ गते राति वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट चोरी भएका जङ्गली जनावरका विभिन्न अङ्ग प्रहरीले बरामद गरेको छ । चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको हो । अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ वनपाले जङ्गलको पँधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जङ्गली जनावरको अखेटोपहार बरामद गरेको हो । चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २२.३५ अंकले घट्यो

२०८२ असार २३ गते, सोमबार

४ कम्पनी कालोसूचीमा

२०८२ असार २३ गते, सोमबार

नेप्से २.४० अंकले बढ्यो

२०८२ असार २२ गते, आईतवार