व्यवसाय गर्न इच्छुकलाई आशयपत्र पेश गर्न अनुरोध

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय अनामनगरले स्वरोजगार कर्जा लिएर व्यवसाय गर्न इच्छुकहरुका लागि आशयपत्र पेश गर्न अनुरोध गरेको छ । कोषद्धारा मंगलबार जारी सूचनामा समृद्ध नेपाल निर्माण अभियानमा परिचालन गरी युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रुपमा विस्तार गर्दै ठूलो संख्यामा स्वरोजगारका अवसर सिर्जना गर्न कोषले गरेको प्रयासलाई सफल बनाउन निम्न कार्यक्रमहरु संचालन भइरहेको बताइएको छ । कोषको सूचनामा रहेको कार्यक्रममा सहिभागी भइ व्यक्तिगत÷सामुहिक स्वरोजगार कर्जा लिइ स्वरोजगार बन्न चाहाने व्यक्ति तथा समूहले कोषको वेवसाइट www.ysef.gov.np मा गइ कोषको युवा स्वरोजगार मोवाइल एप डाउनलोड गरेर अनलाइन फारम भर्न सकिने बताइएको छ ।