मालपोत कार्यालय सिरहामा बम विस्फोट

२०७७ चैत्र १ गते, आईतवार


काठमाडौँ । मालपोत कार्यालय सिरहामा बम विस्फोट भएको छ । लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । बम विस्फोटमा परी कम्तीमा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी शर्माले जानकारी दिएका छन् । घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर घाइतेको उद्धार गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २२.३५ अंकले घट्यो

२०८२ असार २३ गते, सोमबार

४ कम्पनी कालोसूचीमा

२०८२ असार २३ गते, सोमबार

नेप्से २.४० अंकले बढ्यो

२०८२ असार २२ गते, आईतवार