पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १२१ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०४ पुर्याएको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको बताएको छ ।
मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ । आन्तरिक उडानतर्फको हवाई इन्धनमा दुई रुपैयाँ मूल्य बढाएर प्रतिलिटर ७६ रुपैयाँ पुर्याइएको छ ।