ट्रेड युनियन महासङ्घ लमहीको अध्यक्षमा जनक केसी

२०७८ बैशाख ६ गते, सोमबार


काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङ, लमही नगरको प्रथम भेलाले जनक केसीको अध्यक्षतामा १३ सदस्यीय लमही नगर समिति चयन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको उक्त भेलालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङका संयोजक सञ्जय वलीले दलाल पुँजीवादी संसदीय व्यवस्था मजदुरविरोधी व्यवस्था भएको बताए । उनले मजदुरमारा व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ एकीकृत जनक्रान्तिको वैचारिक हतियारसहित आफ्नो पार्टी अघि बढेको पनि प्रस्ट पारे ।
कार्यक्रममा नेकपा लमही नगर सेक्रेटरी उज्ज्वलले जनता ठग्ने संसद्वादीहरुका विरुद्ध सबै गरिखाने वर्ग एक ठाउँमा उभिनुपर्ने बताए ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लमही नगर संयोजक जनक केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य मधुसूदन र साउनी चौधरी, दलित मुक्ति मोर्चाका सन्देश, युवा सङ्गठन नेपाल लमही नगर अध्यक्ष शान्ता मगर सहभागी थिए । कार्यक्रमको सहजीकरण राजेन्द्र शर्माले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

४ कम्पनी कालोसूचीमा

२०८२ असार २३ गते, सोमबार

नेप्से २.४० अंकले बढ्यो

२०८२ असार २२ गते, आईतवार

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार