ट्रेड युनियन महासङ्घ नवलपरासीको अध्यक्षमा बुद्धिराम चौधरी

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ नवलपरासीको भेलाले बुद्धिराम चौधरीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सो भेलालाई सम्बोधन गर्दै नेकपा नवलपरासी इन्चार्ज धीरजले मजदुर वर्गमाथि जारी शोषणको अन्त्य गर्न सङ्घर्षको विकल्प नभएको बताएका छन् । उनले परिवर्तनकारी आन्दोलनमा मजदुर वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको तर निर्णायक अवस्थामा आन्दोलन सम्झौतामा टुङ्ग्याउने गरिँदा मजदुर वर्गलाई धोका हुँदै आएकाले सङ्घर्ष जारी राख्नुपर्ने बताए ।
नेकपा रूपन्देहीका सेक्रेटरी विदुरले मजदुर वर्गमाथि संसदीय दलाल पुँजीवादी व्यवस्थाले शोषण गरिरहेको भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र मजदुर वर्गको मुक्ति हुने बताए ।
अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घका अध्यक्ष श्याम सेन्चुरीले मजदुरहरुको मुक्तिका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए । उनले मजदुर वर्गको हकअधिकार सुनिश्चित गर्न सङ्गठनमा आबद्ध हुनुपर्ने पनि प्रस्ट पारेका थिए ।
भेला प्रतापको सञ्चालन, विशालको स्वागत र बुद्धिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।